काठमाडौं । आयरल्याण्डविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालका लागि अर्जुन कुमालले शतक प्रहार गरेका छन् ।
२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् ।
११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।
कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए ।
दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।
Leave a Reply