Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानन्त्री प्रचण्डले भने – स्वास्थ्य बिमाको भुक्तानीलाई सरल बनाउनुपर्छ

    प्रधानन्त्री प्रचण्डले भने – स्वास्थ्य बिमाको भुक्तानीलाई सरल बनाउनुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 699
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

    आठौं स्वास्थ्य बिमा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बिमा कार्यक्रमलाई अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिए।



    प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बिमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए।

    प्रधानन्त्री प्रचण्डले भने,‘अनलाइन सदस्यता दर्ताको व्यवस्था, ‘रियल टाइम क्लेम सिस्टम’, प्रविधिमैत्री बिमा प्रणाली’ जस्ता व्यवस्था र प्रावधानहरू चुनौतीलक्षित सुधारका योजनाहरू हुन् । स्वास्थ्य सेवालाई समतामूलक ढंगले स्वास्थ्य बिमामार्फत उपलब्ध गराई ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को राष्ट्रिय आकांक्षा पूरा गर्न कार्यक्रमलाई सार्थक र प्रभावकारी बनाउनैपर्दछ। यसका लागि सरकार सधैं प्रतिबद्ध छ।’

    प्रधानमन्त्री प्रचण्डले बीमितले सेवा लिने प्रक्रिया सरल बनाउने, सेवाको गुणस्तर कायम गर्ने, सेवाप्रदायक संस्थाहरूलाई अझ सेवामैत्री बनाउनेलगायतका विषयमालाई ध्यान निर्देशन दिए।

    उनले सुशासन तथा वित्तीय अनुशासन कायम राख्ने र स्वास्थ्य बिमा कार्यक्रमबारे प्रभावकारी साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार