Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सहकारी ठगीमा नाम मुछिएपछि श्रममन्त्री अर्यालले भने – मेरै २३ लाख डुबेको छ, उठाइदिनेलाई अलिकति दिन्थें

    सहकारी ठगीमा नाम मुछिएपछि श्रममन्त्री अर्यालले भने – मेरै २३ लाख डुबेको छ, उठाइदिनेलाई अलिकति दिन्थें

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 585
    SHARES

    फाइल तस्विर

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै श्रममन्त्री अर्यालले सहकारीमा आफ्नै २३ लाख डुबेको बताउँदै उठाइदिनेलाई दुई लाख इनाम दिने बताएका हुन् ।



    श्रममन्त्री अर्यालले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरे । उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरे ।



    श्रममन्त्री अर्यालले भने, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें ।’

    त्यसपछि संस्था कसरी चलाउने भनेर ७० पेजको प्रपोजल लिएर जाँदा आफूलाई नेतृत्व दिन नमानेपछि राजीनामा गरेर २३ लाख फिर्ता मागेको बताए । तर, उक्त रकम नपाएको उनको दाबी छ ।

    मन्त्री अर्याललले कांग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको बताए ।

    उनले देशको नेतृत्व गर्न नपाउने छटपटिमा कांग्रेसका युवा नेताहरु तड्पिएको बताए । अर्यालले आरोप र प्रश्न गरिसकेपछि जवाफ सुन्ने ल्याकत राख्न कांग्रेसलाई आग्रह गरे ।

    श्रममन्त्री अर्यालले कुनैपनि दिन देशको कानुनले अपराध नगरीकन कस्टडीमा जानुपर्छ भनेको खण्डमा आफू कस्टडीमा जान तयार रहेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार