काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गरी सीईओ माग गरेको हो ।
आवेदन दिन स्नातकोत्तर गरेको र पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । ३५ वर्ष देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन बुझाउन सक्नेछन्।
योग्यता पुगेका नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन बुझाउन भनिएको छ ।
Leave a Reply