Online Nepal
  • आइतबार, २० असोज २०८१
  • गठबन्धन फेर्दा देशी-विदेशी शक्तिहरुले सरकार ढाल्ने चेतावनी दिए : प्रधानमन्त्री प्रचण्ड

    गठबन्धन फेर्दा देशी-विदेशी शक्तिहरुले सरकार ढाल्ने चेतावनी दिए : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 600
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन बदलेपछि देशभित्र र बाहिरका शक्तिहरुले रिस देखाएको बताएका छन् ।

    क्वार्ज क्रिष्टल प्रतिस्थापनका लागि गोरखा आएका प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले एकाथरी तप्काले सरकारको आयु ३ महिना र ६ महिना भन्दै तोक्ने गरेको बताए।



    उनले प्रतिक्रियावादीहरुले आयु तोकेपनि आगामी नीति तथा कार्यक्रम र बजेट राम्रो ल्याएर पुरै अवधि सरकार जान्छ भन्नेमा आफू विश्वस्त रहेको बताए।



    नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने मुल उद्देश्यका साथ नयाँ समीकरण बनेको प्रधानमन्त्री प्रचण्डको भनाई छ । समीकरणसँगै परिस्थिति राष्ट्रिय हित र विकासको दृटिकोणले नयाँ बनेको उनले बताए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले समीकरण बदल्ने बित्तिकै ४८ घण्टामा अपदस्त गर्ने भन्ने कुरा सुनेँ, किनभने एकाथरि मान्छे त म सँग बेस्सरी रिसाए, समीकरण फेरिएपछि देश भित्रका एक तप्का कांग्रेस रिसाउने नै भयो, देश बाहिरका पनि रिसाए । ४८ घण्टामा अपदस्त हुन्छ सम्म भने । हेरौँ त भनेर म पनि कस्सिएर लागेको थिएँ, ४८ घण्टामा अपदस्त भइएन, त्यसपछि विश्वासको मत कुनै पनि हालतमा पुग्न नदिने भनेर पनि निकै ठुलो कसरत भयो, फेरि पनि विश्वासको मत प्राप्त गरियो ।’

    जनयुद्धको आयु तोकेजसरी अहिले प्रतिक्रियावादीहरुले सरकारको आयु तीन महिना तोकेको भन्दै उनले यही गठबन्धनले अब पुरै कार्यकाल सरकार चलाएर देखाउने बताए ।

    सरकार आगामी नीति तथा कार्यक्रम र बजेटको लागि तयारीमा जुटिसकेको उनले बताए । यस वर्षको नीति कार्यक्रम परम्परागत नहुने र सामुहिक विवेकको प्रयोग गरेर अघि बढेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार