काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले सातौं विकेट लिएको छ।
आयरल्यान्डको सातौं विकेट कमल ऐरीले लिएका हुन् ।
उनले आयरल्यान्डका आठौं नम्बरका ब्याट्सम्यान निल रकलाई ४५ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् ।
२० ओभरमा आयरल्याण्डले केवल ९३ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
Leave a Reply