Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ऊर्जा परियोजनामा ९९ अर्ब लगानी स्वीकृत

    ऊर्जा परियोजनामा ९९ अर्ब लगानी स्वीकृत

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 789
    SHARES

    काठमाडौँ । लगानी बोर्डले चार नयाँ ऊर्जा परियोजना विकास गर्न ९९ अर्ब १८ करोड रुपियाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५७ औँ बैठकले तीन जलविद्युत् आयोजना र एक सौर्य विद्युत् आयोजनाका लागि लगानी स्वीकृत गरेको हो ।



    लगानी स्वीकृत भएका परियोजनामा सबैभन्दा धेरै १६६ मेगावाटको सुपर तमोर जलविद्युत् परियोजनाका लागि अनुमानित लागत ३४ अर्ब ५९ करोड रुपियाँ स्वीकृत गरिएको छ ।



    त्यस्तै गरी १३९ मेगावाट क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् परियोजनाका लागि ३३ अर्ब ४१ करोड र ४२ मेगावाटका अप्पर मोदी ‘ए’ जलविद्युत् परियोजनाका लागि १० अर्ब आठ करोड रुपियाँ लगानी स्वीकृत भएको हो ।

    कोहलपुर र वाणगङ्गामा रहने कुल २५० मेगावाटका दुई सौर्य ऊर्जा परियोजनाका लागि पनि २१ अर्ब १० करोड रुपियाँ लगानी स्वीकृत गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

    सौर्य ऊर्जा परियोजना र तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना विदेशी लगानीका परियोजना हुन् । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार