Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • भारतमा १३ जना माओवादीको मृत्यु

    भारतमा १३ जना माओवादीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 771
    SHARES

    फाइल तस्विर

    नयाँदिल्ली । मध्य भारतमा भएको झडपमा कम्तीमा १३ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ ।

    छत्तीसगढ राज्यको बिजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलबार सुरक्षा बलसँग गोली हानाहान भएको थियो ।



    स्थानीय प्रहरी प्रमुख पी सुन्दरराजले अधिकारीहरूले राइफल, मेसिन गन र गोलाबारुद ठूलो परिणममा जफत गरेको बताएका छन् । मृतकहरुको पहिचान हुन बाँकी रहेको बताउँदै सुन्दरराजले मृतकमध्ये तीन जना महिला रहेको बताए ।



    प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष भारतमा ५० जना भन्दा बढी माओवादी मारिएका छन् जसमध्ये सबैभन्दा बढी ४६ जना छत्तीसगढमा र अन्य चार महाराष्ट्र राज्यमा मारिएका छन् ।

    मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएकोे विद्रोही बहुल “रेड करिडोर“ मा माओवादी विद्रोहीहरूसँग लड्न भारतले दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

    नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबहरूका लागि लडिरहेका विद्रोहीहरूले सन् १९६७ देखि छापामार आक्रमण गरिरहेका छन् ।

    भारत सरकारले दुर्गम क्षेत्रहरूमा पूर्वाधार विकासमा लाखौं डलर खर्च गरेको छ । सन् २०१० मा ९६ जिल्लामा फैलिएको माओवादी प्रभाव सन् २०२३ मा ४५ जिल्लामा सीमित भएको छ ।

    सरकारी तथ्याङ्क अनुसार गत दशकमा मारिएका विद्रोहीहरूको वार्षिक सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको छ । भारतमा आगामी अप्रिल १९ देखि लोकसभाका लागि छ हप्ता लामो आमनिर्वाचन हुँदैछ । रासस/एएफपी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार