Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए मन्त्रिपरिषद्को बैठक

    गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए मन्त्रिपरिषद्को बैठक

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 447
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    राजीनामा दिनुअघि पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।



    मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ आज राजीनामा दिने तयारी गरेको स्रोतले बतायो । त्यसअघि विभिन्न विषयमा छलफल गर्न भन्दै मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।



    गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसदमा विश्वासको मत लिनुपर्ने थियो ।

    तर, पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलका हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन्।

    गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिने तयारी गरेका हुन् । गण्डकीमा एमालेका २२, माओवादीको सभामुखसहित ८ जनालेमात्रै सरकार बन्ने स्थिति छैन ।

    २ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिँदा बहुमत नपुग्ने र फेरि ठूलो दलको हैसियतमा आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको हो ।

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार