Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • इजराइली प्रधानमन्त्रीद्वारा अल जजिरा बन्द गर्न आह्वान

    इजराइली प्रधानमन्त्रीद्वारा अल जजिरा बन्द गर्न आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 771
    SHARES

    फाइल तस्विर

    तेल अभिव । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार एक विस्तृत कानून पारित गरेपछि अल जजिरा न्यूज नेटवर्क बन्द गर्न आह्वान गरेका छन् ।

    नयाँ कानूनले राष्ट्रिय सुरक्षाको लागि खतरा हुनसक्ने विदेशी नेटवर्कहरूमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई अधिकार प्रदान गरेको सिएनएन बताएको छ ।



    “तत्काल नयाँ कानूनअनुसारको कार्य गर्न कतार आधारित समाचार आउटलेटको गतिविधिलाई देशमा रोक्ने निर्णय गरिएको हो”, नेतान्याहुले भने ।



    सिएनएनका अनुसार गाजामा हमासविरुद्ध इजराइल युद्धको क्षेत्रगत रिपोर्टिङ गर्न प्रतिबद्ध अल जजिरा मिडिया नेटवर्कले एक विज्ञप्तिमार्फत उक्त निर्णयको निन्दा गर्दै आफू आफ्नो ‘साहसी र व्यावसायिक कभरेज’ जारी राख्न यस्ता निर्णयले नरोकिने वाचा गरेको छ ।

    नयाँ कानूनले प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई इजराइलमा सञ्चालित विदेशी नेटवर्कहरू अस्थायीरूपमा बन्द गर्न आदेश दिनसक्ने अधिकार प्रदान गर्दछ ।

    सिएनएनका अनुसार इजराइलको हमासविरुद्ध चलिरहेको युद्ध तथा नेतान्याहुविरुद्धको बढ्दो सार्वजनिक असन्तुष्टि र विरोधका बीच सोमबार संसद्ले सो कानून अनुमोदन गरेको हो । नेतान्याहु सरकारले इजराइली विरोधी सूचना फैलाएको आरोप लगाउँदै अल जजिराको सञ्चालनमा लगातार गुनासो गर्दै आएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार