Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सरकारको गियर बदल्न नयाँ समीकरण बनाएको हुँ : प्रधानमन्त्री प्रचण्ड

    सरकारको गियर बदल्न नयाँ समीकरण बनाएको हुँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 396
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणबाट एउटा तप्का विक्षिप्त भएको बताएका छन् ।

    समाजवादी मोर्चाले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले नेपाली कांग्रेससँगको पुरानो गठबन्धनबाट समृद्धिको बेग हान्न नसकेपछि सरकारको गियर बदल्न नयाँ समीकरण बनाउने जोखिम उठाएको बताए ।



    प्रधानमन्त्री पद सुरक्षित गर्न भन्दापनि समाजवादको आधार तयार गर्ने इमान्दार प्रयासस्वरुप गठबन्धन फेरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

    प्रधानमन्त्री प्रचण्डले भने,‘नेपालको आर्थिक विकास र समृद्धिका लागि जुन बेगका साथ जानु पर्ने थियो, पुरानो गठबन्धनबाट सम्भव भएन । जे कदम यो पटक चालेको छुँ, प्रधानमन्त्री पदका लागि होइन, समाजवादको आधार तयार गर्न इमान्दार भएर जोखिम र चुनौती देख्दादेख्दै चालिएको हो । एउटा तप्का विक्षिप्त भएको देखिन्छ, तर सबैले बुझिने गरी स्थापित हुन्छ भन्ने बुझेको छु ।’

    प्रधानमन्त्री प्रचण्डले सरकारले सुशान, समृद्धि र सामाजिक न्यायको अभियानलाई उचाइमा पुर्याउने दाबी गरे।

    उनले विगतका तीतामीठा अनुभवबाट शिक्षा लिएर राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनताको हक अधिकारका लागि देशभक्त र प्रगतिशील शक्ति एक हुनुपर्ने बताए ।

    कांग्रेससँगको गठबन्धन तोड्दै प्रचण्डले फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बनाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार