काठमाडौं । त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ ।
खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।
भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको लागि नेपालले भारतमा तयारी गरेको हो ।
Leave a Reply