काठमाडौं । नेपालले आयरल्याण्ड वुल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदान टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो।
नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । रासिद खानले २४ रन बनाए ।
कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । बसिर अहमदले १९ रन बटुले ।
पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।
Leave a Reply