पाल्पा । पाल्पामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ छ ।
पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरकी ११ वर्षीया बालिका सुनिता बुढाथोकीको मृत्यु भएको हो ।
गाउँपालिका वडा नम्बर ६ का सचिव तथा स्थानीय हुमबहादुर कुँवरका अनुसार उनको शुक्रबार घरमै निधन भएको हो । पट्वाचौरका टिकाराम बुढाथोकीको परिवारका सबैलाई झाडापखाला भएको थियो ।
उनको श्रीमती, दुई छोरी, तीन छोरालाई झाडापखाला भएको थियो ।
Leave a Reply