कैलाली । सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् ।
रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी (होली पर्व) को अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ ।
एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले यो पर्व मनाउने गर्दछन् ।
आफ्नो समुदायका नागरिकहरूको दीर्घायु, रोगब्याधी नलागोस् भनेर यस पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजा गर्ने प्रचलन समेत रहेको छ ।
यसै पर्वको अवसरमा सुदूरपश्चिम सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।
Leave a Reply