Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • तस्करमाथि हवाई फायर गरेर ७७ किलो गाँजा बरामद

    तस्करमाथि हवाई फायर गरेर ७७ किलो गाँजा बरामद

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 978
    SHARES

    सिन्धुली । सिन्धुली प्रहरीले हवाई फायर गरेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ।

    हरिहरपुरगढी गाउँपालिका-७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर चार बोरा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।



    पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-७ का २४ वर्षीय बिच बहादुर वाइबा रहेका छन् । उक्त कार्यमा संलग्न अन्य चार जना भने फरार भएका छन्।



    अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

    गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजासहित तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको थियो ।

    ५ जना व्यक्तिहरूले नाम्लोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४ बोरा ७७ केजी ८० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएका छ।

    प्रहरीले समूहमा रहेका गाँजा कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा ३ नट ३ राइफलबाट ५ राउन्ड हवाई फायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार