काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
पार्टी सभापति देउवाको निवास बुढानीलकण्ठमा मंगलबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।
बैठकमा आगामी वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस स्रोतले बतायो ।
कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठक गरेर इलाम २ र बझाङको प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने तयारी सभापति देउवाको छ।
इलाम २ बाट ७ जना र बझाङ १ को प्रदेश सभा १ बाट १० जना आकांक्षीका नाम केन्द्रीय कार्यालयमा आएको छ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।
Leave a Reply