डोटी । डोटीमा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ ।
सायल गाउँपालिका-२ खटगडाका मदन बोहराका १४ वर्षीय छोरा तिलकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका–५ पटकानी स्थित मामा घर बस्दै आएका बोहरा रानीवन जंगलमा दाउराको लागि रुख काट्ने क्रममा रुखले च्यापिएर गम्भीर घाइते भएका थिए ।
१२ बजेको घटनामा उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी ल्याइएको थियो ।
अस्पतालले दिउँसो ३ बजे बोहरालाई मृत घोषणा गरेको थियो ।
Leave a Reply