Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नेपालले हार्‍यो आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिज

    नेपालले हार्‍यो आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिज

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 585
    SHARES

    काठमाडौं । नेपालको ‘ए’ टिम आयरल्याण्ड वुल्भ्सविरूद्धको टी-२० सिरिजमा पराजित भएको छ।

    सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ४० रनले पराजित भएसँगै एक खेल बाँकी छँदै आयरल्याण्ड वुल्भ्सले सिरिज जितेको हो।



    त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड वुल्भ्सले दिएको २२५ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७.५ ओभरमा १८४ रन बनाएर अल आउट भयो।



    नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। उनले २५ बलमा ७ चौका प्रहार गरेका थिए।

    बलिङतर्फ बेन ह्वाइटले ३ तथा थोमस मेइज र फियोन ह्यान्डले २/२ विकेट लिँदा ग्यारेथ डेलानी र म्याथ्यु फरेस्टले एकरएक विकेट लिए।

    पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ६ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि सागर ढकालले ३ विकेट तथा कमलसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए।

    सिरिजको पहिलो खेलमा नेपालले २२३ रनको लक्ष्य पाएकोमा २१ रनले पराजित भएको थियो। सिरिजको अन्तिम खेल सोमबार हुनेछ। टी-२० पछि यही टिमबीच चैत २१ गतेदेखि एकदिवसीय सिरिज हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार