Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न : प्रधानमन्त्री प्रचण्ड

    जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 432
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।

    २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढाउन सबै देशभक्त वामपन्थी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘क्रान्ति, जनता र राष्ट्रप्रतिको निष्ठामा कमी आउन दिन हुन्न, हामीले लिएको सङ्कल्प तेही हो, आज पनि त्यही छ। यो समीकरण रणनैतिक छ, दूरगामी छ, मेरो विश्वास छ यो क्रान्तिकारी पनि छ । यसले मात्र सबै देशभक्तहरूलाई एक ठाउँमा केन्द्रित गर्न सक्दछ।’

    सरकारको पछिल्लो समीकरण रणनीतिक भएको र पनि प्रधानमन्त्री प्रचण्डले बताए। प्रधानमन्त्री प्रचण्डले दाया बाया कदम चाल्दा पनि देश र जनतालाई केन्द्रमा राखेर चाल्ने बताए।

    सरकारमा रहँदा आठ हजार सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर उनीहरूको नाम राजपत्रमा प्रकाशित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफूले वर्गसङ्घर्षको निरन्तरता मानेको बताए।

    आफ्नो हिस्साको वर्गसङ्घर्ष आफूले अहिले पनि चलाई नै राखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणा गर्नु पनि वर्गसङ्घर्ष नै भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार