Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – रणनीतिक रूपमा नयाँ समीकरण बनाएको हुँ

    प्रधानमन्त्री प्रचण्डले भने – रणनीतिक रूपमा नयाँ समीकरण बनाएको हुँ

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घेरा तोड्ने लडाइँ जारी राख्दै रणनीतिक रूपमा नयाँ समीकरण बनाएको बतााएका छन् ।

    २४औं जेलब्रेक स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरण रणनीतिक भएको बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘समाजवादी मोर्चा भनेर हामीले एउटा केन्द्रीकरणको कोसिस गरेका छौं । अहिले सरकारको नेतृत्व गर्दै नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक र दूरगामी छ । मेरो विश्वासमा क्रान्तिकारी छ, जोखिम छ, चुनौति छ । म अहिले जनयुद्धको बेलामा भन्दा धेरै खटेको छु, बढी लडेको छु, लगातार घेरा तोड्ने लडाइँ जारी छ ।’



    उनले अहिले आफू जनयुद्धको समयमा भन्दा धेरै खटिरहेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा हुँदै माओवादी आन्दोलनलाई एक ठाउँमा ल्याउने र सिंगो वामपन्थीहरुलाई मिलाउने गरी आफू अघि बढेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार