काठमाडौं । आयरल्याण्ड वुल्भ्स विरूद्ध जितका लागि नेपालले २२५ रनको लक्ष्य पाएको छ।
टी-२० सिरिजको दोस्रो खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ६ विकेट गुमाएर २२४ रन बनाएको हो।
आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए ।
कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक पारी खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे ।
त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए । नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए ।
त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।
लोकश बमको शतकीय पारिका बाबजुद नेपाल पराजित भएको थियो ।
Leave a Reply