Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • अब रातीको १२ बजे नै खुल्छ कालीमाटी तरकारी बजार

    अब रातीको १२ बजे नै खुल्छ कालीमाटी तरकारी बजार

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि उपत्यकाका तीन जील्लामा विहिबारदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा पसल खोल्न त के मानीसहरुलाई हिडडुल गर्न समेत दिइएको छैन ।

    तर, अत्यावश्य सेवा भन्दै सरकारले कालिमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार भने रातभर खुल्न दिर्ने निर्णय गरेको छ ।



    निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजसम्म खुलेको कालीमाटी तरकारी बजार आजबाट भने राति १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएको छ ।



    सुरुमा जिल्ला प्रशासन कार्यालयले तरकारी, माछा मासु, फलफूल, दूग्ध डेरी र खाद्यान्न पसल दिनभरि सञ्चालन गर्न दिने सूचना जारी गरेको थियो ।

    तर, विहान ६ः३० बजे नै प्रहरीले बजार बन्द गर्न व्यापारीहरुलाई निर्देशन दिएको थियो ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार