Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • रविलाई इंगित गर्दै गगन थापाले भने – नयाँ पार्टीका नेताले सहकारी ठग्दा पनि कानुन लाग्दैन कि !

    रविलाई इंगित गर्दै गगन थापाले भने – नयाँ पार्टीका नेताले सहकारी ठग्दा पनि कानुन लाग्दैन कि !

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 654
    SHARES

    कपिलवस्तु । नेपाली कांग्रेस महामन्त्री गगन थापाले स्वतन्त्र रुपमा सहकारी काण्डको छानबिन हुनुपर्ने बताएका छन् ।

    संवाद यात्राका क्रममा कपिलवस्तुको तौलिहवा पुगेका महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले सर्वसाधारणले सहकारीबाट ८० हजार लिए कानुन लाग्ने तर नयाँ पार्टीका ठूला नेताले ८० करोड ठग्दा पनि कानुन लाग्दैन भन्न नमिल्ने बताए।



    उनले गृहमन्त्री रवि लामिछाने प्रति इंगित गर्दै स्वतन्त्र रुपमा सहकारी काण्डको छानबिन गर्नु पर्नेमा आफ्नो पार्टीको जोड रहेको बताए।

    तर यो प्रकरणमा कांग्रेस चुपचाप बस्नु राम्रो नभएको महामन्त्री थापाको भनाई छ ।

    महामन्त्री थापाले अब पार्टी बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार