चितवन । भरतपुर अस्पतालमा उपचाररत ६५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका– १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ संक्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो ।
मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालले जनाएको छ ।
उनीसँगै कोरोना संक्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा मृत्यु भएको थियो । जिल्लामा कोरोना संक्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ ।
Leave a Reply