काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १०.८३ अंकले घटेर बन्द भएको छ ।
अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २ हजार ३०.८६ अंकमा ओर्लेको हो ।
३ सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर ४४ हजार २ सय ४९ पटक खरिदबिक्री हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भयो।
उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह एक दशमलव ७२ र व्यापार समूह एक दशमलव ६० प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता गुमाए।
Leave a Reply