Online Nepal
  • आइतबार, २० असोज २०८१
  • रोजगारी बढाउने आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    रोजगारी बढाउने आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 402
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन्।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिए ।



    उनले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको बताए।

    प्रधानमन्त्री प्रचण्डले तथ्यांक प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन दिर्नेशन दिए।

    प्रधानमन्त्रीले सोह्रौँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार