धनुषा । जनकपुर–ढल्केवर सडक खण्डमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई पछाडिबाट बी.एल.१२ सी ०९४४ भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा महोत्तरी, लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका रामबाबु साहको मृत्यु भएको हो ।
साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा मंगलबार बिहान ७ बजे मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।
कार र कारका चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
Leave a Reply