Online Nepal
  • आइतबार, २० असोज २०८१
  • तत्काल गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

    तत्काल गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना छैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 534
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन्।

    नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले तत्काल नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने सम्भावना नरहेको समेत दाबी गरे ।



    प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताए।

    प्रधानमन्त्री प्रचण्डले भने,‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित बाटो छैन भन्ने लाग्यो । अहिले नै पार्टी एकता भनिएको छैन, तर वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउने हाम्रो लक्ष्य छ।’

    वामपन्थीहरु कमजोर बन्दै पश्चिम बंगालकै हालतमा पुग्ने खतरा भएपछि जोखिम लिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । नयाँ गठबन्धन बनेसँगै आफ्नो सरकार ढाल्ने शक्ति केन्द्रहरुले प्रयास गरेको प्रधानमन्त्री प्रचण्डले सुनाए ।

    तर तत्काल दुई ठूला पार्टी कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको उनले बताए । समीकरण बनाउन मात्र होइन, सरकारलाई काममार्फत सहयोग गर्नसमेत राष्ट्रिय स्वतन्त्र पार्टी सकारात्मक रहेको प्रचण्डले नेताहरुलाई जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार