काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी-२० क्रिकेटमा आयरल्याण्ड ‘ए’ ले दिएको एक सय २२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटका रूपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको हो ।
उनी चार रन बनाउँदै पेभेलियन फर्किए । उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराएका थिए ।
४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाएको छ ।
Leave a Reply