Online Nepal
  • आइतबार, २० असोज २०८१
  • शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    शक्तिखोर औद्योगिक क्षेत्रको विषय बजेटमा सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 333
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिखोर औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका हुन्।



    कालिका नगरपालिकाका मेयर विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा आज बिहान भेट गरेको थियो ।



    ३ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकले तत्कालीन नेकपा (माओवादी)का लडाकुहरुको तेस्रो डिभिजन बसेको शक्तिखोर क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

    सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेर स्वीकृत गराई परियोजना अगाडि बढाउने जिम्मेवारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

    पूर्व–पश्चिम राजमार्गको रत्ननगरबाट १० किलोमिटर उत्तरमा पर्ने शक्तिखोरमा औद्योगिक क्षेत्र खोल्न सहजीकरण गरिरहेको उद्योग संघ, चितवनमा १०८ कम्पनीले फर्म दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार