Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित

    प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, १२ चैत्र २०८०
  • 435
    SHARES

    काठमाडौं । संवैधानिक परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।

    सोमबार बिहान ९ बजेका लागि बोलाएको परिषद् बैठक स्थगित भएको हो । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।



    चैत १८ गते ११ बजे बस्ने गरी बैठक स्थगित गरिएको छ । बैठकले महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गर्ने स्रोतले बतायो ।



    महालेखा परीक्षक पद लामो समयदेखि रिक्त छ । गत जेठमा टंकमणी शर्मा दंगालको कार्यविधि सकिएपछि उक्त पद रिक्त रहेको हो ।

    संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति गर्ने व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार