काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।
आइतबारको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सविरुद्ध २० रनको रोमाञ्चक जित निकालेको हो ।
सवाई मानसिंह रंगशाला जयपुरमा भएको खेलमा राजस्थानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रनमात्र बनाउन सक्यो ।
Leave a Reply