Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री लामिछानेले भने – भ्रष्टाचारविरूद्धको अनुसन्धान रोकिन्न, काम गर्न नसके राजीनामा दिन्छु

    गृहमन्त्री लामिछानेले भने – भ्रष्टाचारविरूद्धको अनुसन्धान रोकिन्न, काम गर्न नसके राजीनामा दिन्छु

    अनलाइन नेपाल
  • आइतबार, ११ चैत्र २०८०
  • 393
    SHARES

    चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि आफूले चालेको कदम नरोक्ने बताएका छन् ।

    आइतबार चितवन पुगेका गृहमन्त्री लामिछानेले यस्तो दाबी गरेका हुन् ।



    गृहमन्त्री लामिछानेले जतिसुकै ठूला माछा भएपनि जनताले कारबाही गर्ने म्याण्डेट दिएर पठाएको बताए।



    गृहमन्त्री लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको बताए ।

    गृहमन्त्री लामिछानेले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको पनि बताए ।

    सहकारीको पैसा अपचलन गर्नेहरूको सम्पत्ति खोजेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने गृहमन्त्री लामिछानेको प्रतिवद्धता छ ।

    गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि सम्बन्धित दोषीहरूको सम्पत्ति ल्याएर भए पनि उपलब्ध गराउने दोहोर्‍याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार