Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • अरविन्द केजरिवालको घरमा कुनै प्रमाण नभेटिएको दाबी, ७० हजार भारु बरामद

    अरविन्द केजरिवालको घरमा कुनै प्रमाण नभेटिएको दाबी, ७० हजार भारु बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको घरमा कुनै प्रमाण नभेटिएको दाबी गरिएको छ । भारतको आम आदमी पार्टी (आप) सो दाबी गरेको हो ।

    बिहीबार साँझ ७ बजेतिर कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी) को १० सदस्यीय एक टिम ‘सर्च वारेन्ट’ बोकेर केजरिवालको निवासमा पुगेको थियो ।



    त्यसपछि उनीसँग करिब दुई घण्टा सोधपुछ गरेर केजरिवाललाई करिब ९ बजेतिर पक्राउ गरिएको थियो ।



    दिल्ली सरकारका मन्त्री सौरव भारद्वाजले केजरिवालको घरबाट ७० हजार रुपैयाँ भारुमात्र भेटिएको दाबी गरेका छन् । केजरिवालको फोन पनि जफत गरिएको बताइएको छ ।

    केजरिवाल पक्राउविरुद्ध आपले आज देशव्यापी प्रदर्शन गर्दै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार