Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भारतमा एकैदिन झण्डै ७० हजार सङ्क्रमित थपिए

    भारतमा एकैदिन झण्डै ७० हजार सङ्क्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 3.7K
    SHARES

    एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ ।

    सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् ।



    योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या २८ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९२६सङ्क्रमित भएका हुन् ।



    तीमध्ये छ लाख ८६ हजार ३९५ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ५३ हजार ८६६ पुगेको छ । तीमध्ये ९७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    भारतमा कुल सङ्क्रमितमध्ये २० लाख ९६ हजार ६६५ जना सङ्क्रमणमुक्त भएका छन् । यो संख्या सन्तोषजनक रहेको अधिकारीहरुले बताएका छन् ।

    प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् ।
    ––

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार