काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणमा जाने तयारी गरेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चैत ११ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
स्रोतका अनुसार परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जाने छन् ।
उनले विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्ने र बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सञ्चालन गर्ने आयोजनाका सम्बन्धमा छलफल गर्ने बताइएको छ ।
उनले त्यहीँबाट मानसरोवर पनि जाने तयारी गरेका छन् ।
Leave a Reply