काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन निर्देशन दिएका छन्।
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन्।
जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने छ ।
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैँ घन्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ ।
सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
Leave a Reply