Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अर्थमन्त्री पुन र रुसी राजदूत एलेक्सेईबीच भेटवार्ता

    अर्थमन्त्री पुन र रुसी राजदूत एलेक्सेईबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 519
    SHARES

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि रुसी राजदूत एलेक्सेई नोभिकोभबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री पुन र रुसी राजदूत नोभिकोभबीच भेटवार्ता भएको हो ।



    नोभिकोभबीचको भेटवार्तामा रुसी सेनामा नेपालीको सहभागिता, नेपालमा रुसले लगानी गर्न चाहेका विषयमा छलफल भएको थियो ।



    अर्थमन्त्री पुनको सचिवालयले भेटवार्तामा आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका विषयमा पनि छलफल गरेका थिए ।

    अर्थमन्त्री पुनले ठूला जलविद्युत् आयोजना र रासायनिक मल कारखानामा लगानी गर्न रुसलाई आग्रह गरेका थिए ।

    जवाफमा राजदूत नोभिकोभले मन्त्री पुनको प्रस्ताव सकारात्मक रहेको भन्दै रुसी लगानीकर्तासँग कुरा गर्ने बताएका थिए ।

    भूराजनीतिक कारणले पनि नेपालमा रुसको लगानीका लागि अत्यन्तै सकारात्मक वातावरण रहेको राजदूतको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार