काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग दोहोर्याएको छ।
प्रतिनिधिसभाको बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका हुन्।
छानबिन गर्न सरकार तयार नभए संसद चल्न नसक्ने कांग्रेसले चेतावनी दिएको छ । अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिएका थिए।
उनले सहकारी ठगीका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि उठेको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाइन्।
उनले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझ्नुपर्ने जिकिर गरिन् ।
सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने भनेको छ ।
कांग्रेसकै मागबमोजिम मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा जवाफ दिएपनि कांग्रेसले अडान छोडेको छैन ।
Leave a Reply