Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • घाइते भएका दुईजना प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण

    घाइते भएका दुईजना प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 1.9K
    SHARES

    झापा । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाले घाइते भएका दुईजना प्रहरीलाई चार चक्के स्कुटर हस्तान्तरण गरेको छ ।

    महाशाखाले विभिन्न समयमा घाइते भएका झापा शिवसताक्षीका पूर्व प्रहरी हवल्दार टेकबहादुर सामसुहाङ र मोरङका प्रहरी सहायक हवल्दार शिवनारायण महतोलाई स्कुटर प्रदान गरेको हो ।



    इलाका प्रहरी कार्यालय काँकडभिट्टामा सोमबार आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआइजी चन्द्र कुँवर खापुङले घाइते प्रहरीहरूलाई भन्सार छुटमा ल्याएको स्कुटरको चाबी र ब्लु बुक हस्तान्तरण गरे ।



    एउटा स्कुटर मूल्य एक लाख ६० हजार रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार