Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • राष्ट्रिय जनमोर्चाले भन्यो – सहकारी ठगीमा मुछिएका गृहमन्त्रीलाई तुरुन्त हटाऔँ

    राष्ट्रिय जनमोर्चाले भन्यो – सहकारी ठगीमा मुछिएका गृहमन्त्रीलाई तुरुन्त हटाऔँ

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 891
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई तुरुन्त पदबाट हटाउन राष्ट्रिय जनमोर्चाले माग गरेको छ ।

    सोमबार अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेलाई पदबाट हटाएर सहकारीका बचतकर्ताहरुको रकम फिर्ता गराउन तथा दोषीलाई कडा सजाय गर्नका लागि प्रभावकारी कदम उठाउन सरकारसँग माग गरेका हुन् ।



    रवि गृहमन्त्री रहिरहँदा उनीसमेत आरोपित सहकारी ठगीको मुद्दा प्रभावित हुन सक्ने जनमोर्चाको ठहर छ । सूर्यदर्शन सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा सहकारीका पदाधिकारीसँगै रवि लामिछानेविरुद्ध पनि जाहेरी दिएका छन् ।



    सहकारी ठगीको आरोपमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाउँदा हजारौं सहकारीका बचतकर्ता माथि अन्याय भएको जनमोर्चाको ठहर छ ।

    ‘गृहमन्त्री लामिछाने मुछिएको मुद्दाको छानबिन तथा अनुसन्धान गर्ने मन्त्रालयको उनलाई मन्त्री बनाउँदा त्यो कार्यबाट मुद्दा प्रभावित हुने खतरा हुन्छ । त्यसबाट सहकारीका पीडित बचतकर्ताहरुलाई अन्याय हुन जानेछ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    साथै राष्ट्रिय जनमोर्चाले गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने कांग्रेसको मागमा पनि समर्थन जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार