Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सहकारी ठगीका सम्बन्धमा पनि छानबिन आयोग बनाउनु पर्छ : ऋषिकेश पोखरेल

    सहकारी ठगीका सम्बन्धमा पनि छानबिन आयोग बनाउनु पर्छ : ऋषिकेश पोखरेल

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 489
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सहकारी ठगीका सम्बन्धमा छानबिन आयोग बनाउनु पर्ने बताएका छन् ।

    सांसद पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताएका हुन् । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय छ ।



    सांसद पोखरेलले भने,‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक (दोषी) खोजी गर्नुपर्छ। म सरकारलाई आग्रह गर्न चाहन्छु-तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’



    साथै सरकारले कुन सामाजिक सहकारी हो र कुन दैनिक रकम संकलन गर्ने सहकारी संकलन गर्ने हो छुट्याउनुपर्ने उनले बताए । सहकारीका ऋणीहरुको पनि अध्ययन गर्नुपर्ने उनको प्रस्ताव छ ।

    ऋण फर्काउनै पर्ने बाध्यकारी बनाउने र सरोकारवालाहरुसँग छलफल गरेर प्रचलित कानुनमा आवश्यकतामा आधारमा संशोधन गर्नुपर्ने उनले बताए । यसो गरे सहकारी समस्याका सम्बन्धमा समाधान निकाल्न सकिने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार