Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित, मोन्टपेलियर ६–२ गोलले पराजित

    एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित, मोन्टपेलियर ६–२ गोलले पराजित

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 435
    SHARES

    एजेन्सी । केलिएन एमबाप्पेको ह्याट्रिकको मद्दतले लिग वानमा पेरिस सेन्ट जर्मेनले मोन्टपेलियरमाथि सानदार जित निकालेको छ ।

    पेरिस सेन्ट जर्मेनले मोन्टपेलियरलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै पीएसजी लिग वानको शीर्ष स्थानमा १२ अङ्कले अघि बढेको छ ।



    खेलमा भिटिन्हाले पीएसजीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । तर अरनाउड नोर्डिन र टेजी साभानियरले गोल गरेपछि मोन्टपेलियर खेलमा फर्कियो ।



    दोस्रो हाफको सुरुवातमा गोल गर्दै एम्बाप्पेले पुनः टोलीलाई अग्रता दिलाए । लगत्तै लि कङ–इनले अर्को गोल थपे । ६३ औँ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पूरा गरे । खेलको अन्त्यमा नुनो मेन्डेसले पीएसजीको गोल सङ्ख्या आधा दर्जन पुर्‍याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार