एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूले नजिते देशमा ‘रक्तपात’ हुने चेतावनी दिएका छन् ।
ओहायोको डेटनमा एक र्यालीमा सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।
अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ‘रिम्याच’ हुँदैछ।
ट्रम्पले भने, ‘यदि अहिले मैले चुनावमा जितिन भने यहाँ रक्तपात हुनेछ । कम्तीमा यही हुनेछ । रक्तपात देशका लागि हुन लागेको छ ।’
तर अहिलेसम्म ट्रम्पको यो भनाइको आशय के हो भन्ने स्पष्ट भएको छैन । यो चेतावनी दिइरहेको समयमा उनले अटो उद्योगबारे गुनासो गरिरहेका थिए ।
भीडलाई सम्बोधन गर्दै ट्रम्पले आफू पुनः निर्वाचित भए चीनबाट अमेरिकामा आयात गरिएका कुनै पनि गाडी बेच्न नसक्ने बताएका थिए ।
Leave a Reply