काठमाडौं । सुन तस्करी प्रकरण संलग्न रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले दिपेशलाई टोखाबाट पक्राउ गरेको हो ।
६० किलो सुन तस्करीमा संलग्न बेल्जियनका दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएको थियो ।
तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।
सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।
तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा अहिले थुनामा छन् ।
राजस्व अनुसन्धान विभागले गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरेको ६० किलो ७ सय १७ ग्राम सुन प्रकरणमा दावा ब्यवस्थापकको भुमिकामा देखिएका थिए ।
Leave a Reply