Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गृहमन्त्री लामिछानेविरुद्ध कुनै उजुरी परेको छैन : श्रममन्त्री आर्याल

    गृहमन्त्री लामिछानेविरुद्ध कुनै उजुरी परेको छैन : श्रममन्त्री आर्याल

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 552
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार आरोप लगाइएको बताएका छन् ।

    शुक्रबार संसद् भवन परिसरमा बोल्दै श्रममन्त्री अर्यालले यस्तो बताएका हुन् । उनले सहकारी सम्बन्धी केही प्रश्नहरू गृहमन्त्रीप्रति उठाइएको भन्दै आधार देखाउन आग्रह गरे ।



    श्रममन्त्री अर्यालले सत्ता पक्षमा रहँदा सबै ठिक र विपक्षमा रहँदा सबै बेठिक भन्नेकुरा राम्रो नरहेको बताए । पार्टी सभापति लामिछानेमाथि कुनै आरोप र उजुरी नपरेको उनको दाबी छ ।



    श्रममन्त्री अर्यालले भने, ‘हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्यूप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ । निराधार प्रश्न गर्न त पाइन्छ । साथीहरूले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ । रवि लामिछाने कुनै सहकारीमा सदस्य छैन भन्ने उहाँहरूलाई थाहा छ । कम सेकम त्यति त हेर्नुपर्ला । हिजो सत्ता पक्ष हुँदै गर्दा सबै ठिक प्रतिपक्षमा जाने बित्तिकै सबै बेठिक भन्ने त भएन नि । हाम्रो पार्टी सभापतिलाई आरोप चाहिँ कहाँ लागेको छ । कसले लगाएको छ रु राजीनामा दिनुपर्ने कारण त होला नि । मन्त्रीहरूले राजीनामा माग्ने बित्तिकै त दिनुपर्ने होइन नि । केही आधार भए हामी त राजीनामा आफैँ दिन्छौँ।’

    श्रममन्त्री आर्यालले कुनै राजनीतिक दलका नेताहरूले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमाण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार