काठमाडौं । अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले काेराेना भाइरसबाट नेपाली मिडियामा परेको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् ।
‘काेराेना भाइरसले नेपालको पत्रकारितामा पारेको प्रभाव’ सम्बन्धमा नेपाल प्रेस इन्स्टिच्युटले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री खतिवडाले महामारी र विपदको अवस्थामा अग्रपंतिमा बसेर काम गर्ने पत्रकारहरुको समस्याको समाधानका लागि सरकार तत्पर रहेको बताएका हुन् ।
सबै किसिमको पेशा व्यवसायमा असर परेको र पत्रकारिता क्षेत्र पनि अग्रपंक्तिमा रहने भएकाले त्यसमा परेको असर सम्बन्धमा सरकारले पनि अध्ययन अनुसन्धान गरेको र त्यसको आधारबाट समस्याको साधान गरिने उनले बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले कोभिडका कारण सञ्चार क्षेत्रमा विभिन्न समस्या देखा परेको उल्लेख गर्दै त्यसको समाधानका लागि सरकार तत्पर रहेको बताए ।
Leave a Reply