Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • कांग्रेस सांसद कान्तिकाको व्यंग्य – माओवादी नेताहरुमाथि सुनको जलप लाग्यो

    कांग्रेस सांसद कान्तिकाको व्यंग्य – माओवादी नेताहरुमाथि सुनको जलप लाग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 576
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद कान्तिका सेजुवालले माओवादीका नेता र परिवारका व्यक्तिमाथि सुनको जलप लागेको बताएकी छिन्।

    शुक्रवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद कान्तिकाले यस्तो व्यंग्य गरेकी हुन् ।



    सांसद कान्तिकाले भनिन्,‘अहिले जताततै सुनको काण्डको चर्चा छ । सरकारको नेतृत्व गरिरहेको माओवादीकै थुप्रै नेता र उनका परिवारमाथि सुनको जलप लगाइसकिएको छ । उहाँहरू सुनले पहेंलपुर हुनुभएको छ । हुँदाहुँदा अर्थमन्त्रीको नाम पनि सुन प्रकरणमा जोडिएको छ ।’



    उनले माओवादीका नेताहरू सुनले पहेंलपुर भएको बताईन् । साथै उनले विवादित व्यक्तिको हातमा सुशासनको भण्डार जिम्मा लगाएकोमा पनि आपत्ति जनाइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार