Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • मोटरसाइकल चोरी गर्ने गिरोहका ११ जना पक्राउ

    मोटरसाइकल चोरी गर्ने गिरोहका ११ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 1.5K
    SHARES

    गोरखा । प्रहरीले गोरखा मोटरसाइकल चोरी गर्ने संगठित समूहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

    बिहीबार जिल्ला प्रहरी कार्यालय गोरखाले पत्रकार सम्मेलन गरी विभिन्न मितिमा, विभिन्न स्थानबाट मोटरसाइकल चोरेको आरोपमा पक्राउ परेका ११ जनालाई सार्वजनिक गरेको हो ।



    पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–३ निबोटका सुकबहादुर गुरुङ, सुजन कार्की, सोही गाउँपालिका वडा नम्बर ६ कल्लेरीका रामकुमार श्रेष्ठ, वडा नम्बर ४ थुमी बराम गाउँका रोनिस भन्ने पदमबहादुर बराम र बारा जिल्लाको गढीमाई नगरपालिका घर भई हाल आरुघाट गाउँपालिका ३ आर्खेतमा बिआर ब्रदर्श वर्कशपमा काम गर्दै आएका शंकर शाह सोनार रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पाँच जनालाई यही फागुन २७ गते पक्राउ गरिएको थियो । उनीहरूको साथबाट नौ वटा मोटरसाइकल बरामद गरिएको थियो ।

    त्यसपछि अनुसन्धानबाट चोरीमा संलग्न थप ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका वडा नम्बर ३ निबोटका सन्तोष गुरुङ, सोमे भन्ने उत्तम गुरुङ, देउवा गुरुङ, वडा नम्बर २ का अन्जन घले, वडा नम्बर ३ का टेकबहादुर आले र कमल आले मगर छन् ।

    उनीहरूको साथबाट पनि चोरीका सातवटा मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार